Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

युनिभर्सल पावरले ९६ लाख ६१ हजार कित्ता साधारण सेयर जारी गर्ने

२०७५ जेष्ठ २४ गते

बैंकिङ खबर । युनिभर्सल पावर लिमिटेडले ९६ करोड ६१ लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ९६ लाख ६१ हजार छ सय १० कित्ता सेयर निष्काशन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । साधारण सेयर जारी गर्न युनिभर्सलले सिद्धार्थ क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

जारी पूँजी दुई अर्ब १० करोड रूपैयाँ रहेको कम्पनीले ४६ प्रतिशत सेयर जारी गर्न लागेको छ । निष्काशन हुने सेयरमध्ये १० प्रतिशत आयोजना प्रभावित लागि निष्काशन हुनेछ भने बाँकी सेयर संस्थाका कर्मचारी, म्युचुअल फण्ड र सर्वसाधारणलाई सेयर निष्कासन हुनेछ ।

दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको युनिभर्सलले गत माघ ११ गते सम्पन्न विशेष साधारण सभा मार्फत साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीमा ८८ प्रतिशत स्वामित्व सीईडीबी हाइड्रो फण्ड लिमिटेडको छ । आयोजना बनाउन २ अर्ब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको ११ मेगावाटको तल्लो खारे खोलाको निर्माण कार्य तिब्र गतिमा भइरहेको कम्पनीले जनाएको छ ।