बैंकिङ खबर । एनएमबि बैंक लिमिटेडको साधारण सेयरको थप निष्कासन (एफपिओ) जेठ ३० गतेबाट खुल्ने भएको छ । बैंकले अंकित मूल्य १०० मा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँ प्रतिकित्ताको दरले एफपिओ जारी गर्न लागेको हो । एफपिओ निष्काशन छिटोमा असार ३ गते र ढिलोमा असार २८ गतेसम्म खुला रहनेछ ।
थप निष्कासनमार्फत बैंकले एक करोड १४ लाख १५ हजार एक सय ६३ कित्ता सेयर बिक्री गर्दैछ । सर्वसाधारणले घटीमा १० र बढीमा ५७ हजार ७० कित्तासम्मको लागि आवेदन दिन पाउने छन् । थप निष्कासनपछि एनएमबिको चुक्ता पुँजी सात अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।
बैंकले नागरिक लगानी कोषलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक तोकेको छ । एफपिओमा बैंकको सबै कार्यालय र सम्पूर्ण सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकिएका शाखाबाट आवेदन दिन सकिन्छ ।

