Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

धादिङको त्रिपुरासुन्दरी र उदयपुरको रौतामाईमा मेगा बैंकको नयाँ शाखा

२०७५ जेष्ठ २० गते

मेगा बैंक नेपाल लिमिटेडले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र उदयपुरको रौतामाई गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ । गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैंकले धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटार र उदयपुरको रौतामाई गाउँपालिकाको मुर्कुचेमा नयाँ शाखा विस्तार गरेको हो । 

धादिङमा मेगा बैंकको चार वटा शाखा पुगेको छ । यसअघि नै धादिङबेसी, मलेखु बजार र ज्वालामुखी गाउँपालिकामा मेगा बैंकको शाखा विस्तार भइसकेको छ । उदयपुरमा भने पहिलोपटक शाखा विस्तार गरिएको हो । 

योसँगै मेगा बैंकको शाखा संख्या ९५ पुगेको छ । ८ वटा एक्सटेन्सन काउन्टर रहेको मेगा बैंकका ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन् । 

बैंकिङ सुविधा नपुगेका ग्रामीण भेगमा अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले मेगा बैंकले शाखा विस्तारलाई तीव्रता दिइरहेको छ । यो आर्थिक बर्षमा थप आधा दर्जन शाखा कार्यालयहरु खुल्ने मेगा बैंकले जनाएको छ ।