Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

रैराङ हाइड्रोपावरको सेयर रजिष्ट्रेशन सम्बन्धी कार्य भिवोर क्यापिटलले गर्ने

२०७५ जेष्ठ १७ गते

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्यहरु भिवोर क्यापिटल लिमिटेडले गर्ने भएको छ । उक्त कार्यको लागि रैराङ हाइड्रोपार डेभलपमेन्ट कम्पनी र भिवोर क्यापिटल बिच बिहीबार सम्झौता भएको हो ।

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका तर्फबाट सो कम्पनीका कार्यकारी संचालन  गुरु प्रसाद न्यौपाने र भिवोर क्यापिटल लिमिटेडका तर्फबाट सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रि बिक्रम थापाले हस्ताक्षर गरे । ट्रेड टावर थापाथलीको चौथो तल्लामा अवस्थित भिवोर क्यापिटलले असार १ गतेदेखि रैराङ हाइड्रोपावरको सेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्य गर्ने रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जनाएको छ ।