बैंकिङ खबर । साताको अन्तिम दिन सेयर बजार १४.६१ अंकको गिरावटसँगै १३०७.६६ अंकमा कायम भएको छ । व्यापारबाहेक, कारोबार भएका सबै समूह घटेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः १२.३४, २२.३१, १२.४७, १७.३६, ०.३, ११५.७२, २५.२, ४.६१ र १७.५७ अंकले घटेका छन् । व्यापार समूह २.९६ अंकले बढेको छ ।
कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ । दिनभरिमा १६५ वटा कम्पनीको सात लाख आठ हजार एक सय ४७ कित्ता सेयर चार हजार एक सय ५९ पटक खरिदविक्री हुँदा ३४ करोड ५९ लाख १४ हजार पाँच सय पाँच रुपैयाँको कारोबार भएको छ ।
नेपाल टेलिकम र नेपाल बैंकको दुई करोड तथा मिर्मिरे माइक्रोफाइनान्स, नेपाल इन्भेष्टमेन्ट बैंक, साना किसान विकास बैंक, प्रिमियर इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको एक करोडमाथिको सेयर कारोबार भएको छ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, एभरेष्ट बैंक र एनआईसी एशिया बैंकको क्रमशः ६५ लाख, ६२ लाख र ५७ लाखको कारोबार भएको छ ।
जम्मा २८ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सूर्योदय लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै २.०६ प्रतिशतका दरले कमाएका छन् । विशाल बजार कम्पनी, प्रोग्रेसिभ फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, मेरो माइक्रोफाइनान्स, एनएमबि माइक्रोफाइनान्स, जानकी फाइनान्स, पूर्णिमा विकास बैंक, एनएमबि हाइब्रिड फण्ड लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, मेगा बैंकका सेयरधनीले ९.६४ प्रतिशतका दरले गुमाएका छन् । नयाँ नेपाल लघुवित्त, युनाइटेड इन्स्योरेन्स, नेपाल बैंक, अपि पावर कम्पनी, बरुण हाइड्रो, कुमारी बैंक, प्राइम लाइफ इन्स्योरेन्स, हाथवे फाइनान्स, महालक्ष्मी विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


