Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

दोहोरो अंकले बढ्यो सेयर बजार, नौ कम्पनीका सेयरधनीले मात्रै गुमाए

२०७५ जेष्ठ १४ गते

बैंकिङ खबर । लामो समयपछि सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ३५.९८ अंकले बढेर १३३६.३९ अंकमा पुगेको छ । कारोबार भएका सबै उपसूचक बढेका छन् । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः २५.४६, २.५३, १०१.११, ४८.२८, ४७.३६, १०.३५, २७२.४४, ४७.४५, १७.५२ र ५९.०६ अंकले बढेका छन् । 

दिनभरिमा १६८ वटा कम्पनीको १३ लाख ५९ हजार छ सय ७५ कित्ता सेयर पाँच हजार ११ पटक खरिदविक्री हुँदा ४७ करोड ४८ लाख ४६ हजार नौ सय ६१ रुपैयाँको कारोबार भएको छ । सिटिजन्स बैंक प्रोमोटरको पाँच करोड, ग्लोबल आईएमई बैंक प्रोमोटरको सवा दुई करोड तथा नेपाल बैंक, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेशनल लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैंक र सानिमा माई  हाइड्रोको एक करोडमाथिको कारोबार भएको छ । स्वरोजगार लघुवित्तको ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

शिखर इन्स्योरेन्स, जनउत्थान सामुदायिक लघुवित्त र किसान माइक्रोफाइनान्सका सेयरधनीले नौ प्रतिशत तथा सगरमाथा इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर र प्रुडेन्सियल इन्स्योरेन्सका सेयरधनीले सात प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । हिमालयन जनरल इन्स्योरेन्स, कर्णाली डेभलपमेन्ट बैंक, नेपाल इन्स्योरेन्स, सिभिल लघुवित्त लगायतका सेयरधनीले छ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।

जम्मा नौ वटा कम्पनीका सेयरधनीले गुमाएका छन् । मेगा बैंकका सेयरधनीले सबैभन्दा धेरै ९.९३५९ प्रतिशतका दरले गुमाएका छन् भने पोखरा फाइनान्सका प्रोमोटर सेयरधनीले ८.६९५७ प्रतिशतले गुमाएका छन् । सिद्धार्थ इक्विटी फण्ड, प्रोग्रेसिभ फाइनान्स, जेविल्स फाइनान्स, दिव्यश्वरी हाइड्रो, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र नेपाल हाइड्रोका सेयरधनीले पनि गुमाएका छन् ।