May 17th, 2016

मंगलबारको नेप्से : ७४ करोडको कारोबार, परिसूचक पनि बढ्यो

economicमंगलबार नेपाल स्टक एक्सचेन्जमा ७४ करोडमाथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ३३ वटा कम्पनिको ११ लाख ६३ हजार ५ सय ९६ कित्ता शेयर ३ हजार ८ सय ७ पटक खरिदविक्रि हुँदा कुल ७४ करोड ७४ लाख २० हजार २ सय ८० रुपैँयाको कारोबार भएको हो । कारोबार रकम सोमबारको तुलनामा बढेको हो । सोमबार झण्डै ६७ करोडको कारोबार भएको थियो । साताको सुरुको दिनदेखि नै ओरालो लाग्दै आएको बजार मंगलबार आएर सुधारिएको छ । नेप्से परिसूचक १६.१७ अंकको वृद्धिसँगै १४८३.६८ अंकमा पुगेर मंगलबारको कारोबार बन्द भएको छ । 

सबैभन्दा धेरै नेशनल लाइफ इन्स्योरेन्सको ४ करोड ५ लाख २८ हजार ८ सय २४ रुपैँयाको कारोबार भएको छ भने प्राइम कमर्सियल बैँकको प्रोमोटर र साधारण शेयर गरेर साढे ४ करोडभन्दा बढीको कारोबार भएको छ । सानिमा बैँक, नेपाल बैँक र एनबी बैँकको ३ करोडमाथिको शेयर कारोबार हुँदा एभरेष्ट बैँक, प्रभु इन्स्योरेन्स र चिलिमे हाइड्रोको २ करोडमाथिको कारोबार भएको छ भने एनएमबी बैँक लगायतको १ करोडमाथिको शेयर कारोबार भएको छ । 

यता कमाउने कम्पनिको अग्रस्थानमा रिडी हाइड्रोपावर रहेको छ जसका लगानीकर्ताले १० प्रतिशतका दरलेसम्पत्ति बढाएका छन्  । साहारा विकास बैँकका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । मुक्तिनाथ विकास बैँक, महाकाली विकास बैँक, सगरमाथा फाइनान्स, पेसिफिक डेभलपमेन्ट बैँक, सहयोगी विकास बैँक, लाइफ इनस्योरेन्स कम्पनि लगायतले पनि धेरै कमाएका छन् । गुमाउने कम्पनिको अग्रस्थानमा रहेको एनआईडीसी क्यापिटल मार्केट्सका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । केही समयदेखि उच्चर दरमा शेयर मूल्य बढिरहेको साझा विकास बैँकका लगानीकर्ताले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा घाटामा गएर विवरण सार्वजनिक भएको दिन ७.६ प्रतिशतले गुमाएका छन् । नेपाल कम्युनिटी डेभलपमेन्ट बैँक, प्रभु इन्स्योरेन्स लगायतले पनि गुमाएका छन् । 

उत्पादनमूलक समूहबाहेक मंगलबार कारोबार भएका सबै समूहहरु उकालो लागेका छन् । सबैभन्दा धेरै बिमा समूह ११५.५६ अंकले बढेको छ भने वाणिज्य बैँक, जलविद्युत्, विकास बैँक, होटल, अन्य र फाइनान्स क्रमशः १६.५१, १३.९५, १३.५८, ७.६५, ४.७ र ४.६७ अंकले बढेका छन् । उत्पादनमूलक समूह भने मंगलबार स्थिर रहेको छ ।