Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

दोहोरो अंकको गिरावटसँगै सेयर बजार १३००.४१ अंकमा, १५ कम्पनीका सेयरधनीले मात्रै कमाए

२०७५ जेष्ठ १३ गते

बैंकिङ खबर । आइतबार सेयर बजार १७.८१ अंकले घटेर १३००.४१ अंकमा कायम भएको छ । व्यापारबाहेक सबै उपसूचक घटेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः १३.२२, ४१.४८, १३.११, ३०.०५, ४.२६, १२२.७९, ०.४७, १२.९१ र २७.९२ अंकले घटेका छन् । व्यापार समूह ०.८४ अंकले बढेको छ ।

दिनभरिमा १६१ वटा कम्पनीको १० लाख २३ हजार सात सय ३६ कित्ता सेयर चार  हजार नौ सय ५० पटक खरिदविक्री हुँदा ३९ करोड ६८ लाख ६७ हजार सात सय ५२ रुपैयाँको कारोबार भएको छ । ग्लोबल आईएमई बैंकको चार करोड ६० लाख, प्रभु इन्स्योरेन्सको पौने तीन करोड र सिद्धार्थ बैंक प्रोमोटरको एक करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल बैंक, एभरेष्ट बैंक, राष्ट्रिय बीमा कम्पनी र नेपाल इन्भेष्टमेन्ट बैंकको पनि एक करोडमाथिको कारोबार भएको छ । सिद्धार्थ बैंकको ७६ लाख, स्टान्डर्ड चार्टर्ड बैंकको ६५ लाख र लुम्बिनी जनरल इन्स्योरेन्सको ६४ लाखमाथिको सेयर कारोबार भएको छ ।

जम्मा १५ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै रिलायन्स फाइनान्सका सेयरधनीले ७.०१ प्रतिशतका दरले कमाएका छन् । रिडी हाइड्रो, आरएसडीसी लघुवित्त, लक्ष्मी इक्विटी फण्ड, समता माइक्रोफाइनान्स, जानकी फाइनान्स, साल्ट ट्रेडिङ, कञ्चन डेभलपमेन्ट बैंक, सहयोगी विकास बैंक, नेशनल हाइड्रो, ओम डेभलपमेन्ट बैंक, नागबेली लघुवित्त, नेपाल हाइड्रो, एनएमबि हाइब्रिड फण्ड र एनआईबिएल समृद्धि फण्डका सेयरधनीले पनि कमाएका छन् ।

यता, प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले ५.७४ तथा वोमी माइक्रोफाइनान्स, कालिका माइक्रोक्रेडिट, अपि पावर कम्पनी, मिथिला लघुवित्त र सिनर्जी पावरका सेयरधनीले चार प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । नयाँ नेपाल लघुवित्त, मञ्जुश्री फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त, हाम्रो विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।