Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

पञ्चकन्या माई हाइड्रोको ११ लाख कित्ता आईपिओ आउने

२०७५ जेष्ठ १० गते

बैंकिङ खबर । पञ्चकन्या माई हाइड्रोपावरले सर्वसाधारणका लागि ११ लाख कित्ता आईपिओ निष्काशन गर्ने भएको छ । एक सय रुपैयाँ अंकित मूल्यमा ११ करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

कम्पनीले सनराईज क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले यसअघि गत माघ ५ गते देखि २३ गतेसम्म आयोजना प्रभावित इलामका स्थानीय बासिन्दाको लागि ११ लाख कित्ता शेयर निष्काशन गरिसकेको छ । 

पञ्चकन्या समूहले प्रवद्र्धन गरेको पञ्चकन्या माई हाइड्रोपावर  कम्पनीले सन्दकपुर गाउँपालिकास्थित माबु, माईमझुवा र सुलुबुङमा अप्पर माई जलविद्युत् आयोजनाबाट १२ मेगावाट क्षमताको अपरमाई आयोजना सञ्चालनमा ल्याएको छ भने ६ दशमलव १ मेगावाटको क्यास्केड आयोजना निर्माण सम्पन्न भैसकेको छ ।