Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
लघुवित्त

निर्धन संस्थाद्वारा नुवाकोटको ढिकुरेमा ब्यवसायिक तरकारी खेती तालिम सम्पन्न

२०७५ जेष्ठ ९ गते

काठमाडौं नक्सालमा कार्यालय रहेको निर्धन संस्थाले भूकम्प प्रभावित क्षेत्रका ३० जना विपन्न गरीब महिलाहरुको सहभागितामा २०७४ जेष्ठ ६ गतेदेखि ८ गतेसम्म नुवाकोट जिल्लाको लिखु गाउँपालिकाको ढिकुरेमा “ब्यवसायिक तरकारी खेती तालिम” सम्पन्न गरेको छ । तालिममा प्रशिक्षकहरु वरिष्ठ कृषि अधिकृत उमानाथ भण्डारी, प्राविधिक सहायक उमेश कुमार महतो रहेका थिए ।

तरकारीमा पाईने पोषक तत्वहरु, प्रमुख उत्पादन गरिने तरकारी वालीहरु तथा लहरे, हिउँदे, जरे र कोसे तरकारी खेती प्रविधि, टमाटर, भान्टा, खुर्सानी, भिन्डी, साग वाली खेती प्रविधि, माटो ब्यवस्थापन, बेमौसमी तरकारी खेती प्रविधिमा नर्सरी, नेट हाउस, प्लाष्टिक घर, स्किन हाउसको प्रयोग, करेसा बारीका परिचय र महत्व, तरकारी खेतीमा मलखादको प्रयोग तथा सिंचाई ब्यवस्थापन, तरकारी वालीका प्रमुख रोग, किरा र यसको ब्यवस्थापन, विषादी बारे जनचेतना तथा घरेलु विषादी एक जानकारी, पोष्ट हार्भेष्ट, बेचबिखन (कसरी बढी मूल्य पार्ने) तथा बजार ब्यवस्थापन, टमाटर खेतीको स्किम, बचत परिचालन र बचतका फाईदाहरु बैंकका सेवाहरुको आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेको निर्धन संस्थाका कार्यक्रम अधिकृत मनिष कोनाजोले जानकारी गराएका थिए । तालिम अवधिमा सहभागीहरुलाई तरकारी खेती नर्सरी फर्मको अवलोकन समेत गराईएको थियो ।

तालिमको समापन सत्रमा सहभागीहरुको तर्फबाट निलम भण्डारी श्रेष्ठ, बिजुला राईले तालिमको मूल्याकंन गरेका थिए । यस ब्यवसायिक तरकारी खेती तालिम फाईदाजनक तालिम रहेको तालिमका सहभागीहरुले बताएका थिए । समापन सत्रमा लिखु गाउँपालिकाका वार्ड अध्यक्ष नरहरि पाण्डे, प्रशिक्षक वरिष्ठ कृषि अधिकृत उमानाथ भण्डारी, निर्धन संस्थाका कार्यक्रम अधिकृत मनिष रत्न कोनाजो, निर्धन उत्थान बैंक काठमाण्डौं क्षेत्रीय कार्यालयका कार्यक्रम अधिकृत रविन्द्र तिमल्सेना, निर्धन उत्थान बैंकका ढिकुरे शाखाका प्रमुख जमुना कँडेलले आआफनो मन्तब्य दिएका थिए । मन्तब्यका क्रममा योजनावद्ध ढंगबाट तरकारी खेती गर्न, ब्यवसायिक रुपमा तरकारी खेती गर्न, लिएको कर्जाका पूर्ण सदुपयोग गर्न वक्ताहरुले सुझाएका थिए । निर्धन संस्थाका प्रमुख कार्यकारी अधिकृत अन्जु पाण्डेले सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै समापन मन्तब्य दिएकी थिईन् । 

वि.सं. २०४७ चैत्र १७ गते स्थापित निर्धन संस्थाले नेपालमा पहिलो पटक सुरुवात गरेको लघुवित्त कार्यक्रम २०७४ चैत्र १ गते पच्चीसौं वर्ष पार गरी छब्बीसौं वर्षमा प्रवेश गरेको छ । निर्धन संस्थाले सुरुवात गरेको लघुवित्त कार्यक्रमलार्इँ निर्धन उत्थान बैंक लिमिटेडले निरन्तरता दिंदै आई रहेको छ ।