बैंकिङ खबर । बुधबार पनि सेयर बजारमा गिरावटको क्रमले निरन्तरता पाएको छ । नेप्से परिसूचक ४.५५ अंकले घटेर १३२८.२७ अंकमा कायम भएको छ । अन्य र लघुवित्त समूह क्रमशः २.३२ र ५.५७ अंकले बढेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा र उत्पादनमूलक समूह क्रमशः ६.१२, ५.०४, ५.५८, २.९१, २.६९, २६.५७ र १४.५८ अंकले घटेका छन् ।
मंगलबारको तुलनामा कारोबार रकममा पनि गिरावट आएको छ । दिनभरिमा १६१ वटा कम्पनीको छ लाख ८८ हजार नौ सय २० कित्ता सेयर तीन हजार छ सय ३० पटक खरिदविक्री हुँदा २९ करोड ६३ लाख सात हजार नौ सय ३७ रुपैयाँको कारोबार भएको छ । मंगलबार ५३ करोडको सेयर कारोबार भएको थियो ।
कुल कारोबारमध्ये, कालिका माइक्रोक्रेडिट, सिटिजन्स बैंक, स्वरोजगार लघुवित्त, नेपाल इन्भेष्टमेन्ट बैंक, लक्ष्मी बैंक र स्वदेशी लघुवित्तको एक करोडमाथिको कारोबार भएको छ । नेपाल बैंक, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, प्रभु बैंक र नविल बैंकको क्रमशः ९७ लाख, ६६ लाख, ५९ लाख र ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
मिथिला लघुवित्त र किसान माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः १० र ८.०५ प्रतिशतका दरले कमाएका छन् । वोमी माइक्रोफाइनान्स, नयाँ नेपाल लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, महिला सहयात्रा माइक्रोफाइनान्स, सूर्योदय लघुवित्त, कालिका माइक्रोक्रेडिट, पूर्णिमा विकास बैंक, नेशनल माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, पोखरा फाइनान्सका प्रोमोटर सेयरधनीले ९.८० प्रतिशतका दरले गुमाएका छन् । युनाइटेड इन्स्योरेन्स, हाथवे फाइनान्स, ग्लोबल आईएमई समुन्नत स्किम, नेपाल हाइड्रो, लक्ष्मी बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, हाम्रो विकास बैंक, सृजना फाइनान्स, खानीखोला हाइड्रो लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


