बैंकिङ खबर । मंगलबार पनि सेयर बजार घटेको छ । नेप्से परिसूचक ४.३१ अंकले घटेर १३३२.८२ अंकमा कायम भएको छ । होटल, उत्पादनमूलक र लघुवित्त समूह क्रमशः २.९३, ५.८५ र ५.७५ अंकले बढेका छन् । बैंकिङ, विकास बैंक, जलविद्युत् फाइनान्स, बीमा र अन्य समूह क्रमशः ४.१४, ७.२, ३.९३, १.५६, २४.४५ र ५.३५ अंकले घटेका छन् ।
कारोबार रकमभने सोमबारको तुलनामा बढेको छ । दिनभरिमा १६० वटा कम्पनीको १० लाख ४७ हजार आठ सय ४३ कित्ता सेयर तीन हजार आठ सय पाँच पटक खरिदविक्री हुँदा ५३ करोड आठ लाख ६९ हजार तीन सय ८९ रुपैयाँको कारोबार भएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको प्रोमोटर सेयर मात्रै २२ करोडको कारोबार भएको छ । स्वरोजगार लघुवित्त र लक्ष्मी बैंकको दुई करोड तथा सिद्धार्थ बैंक र स्वदेशी लघुवित्तको एक करोडमाथिको कारोबार भएको छ । नागरिक लगानी कोष, स्वाबलम्बन लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक र साना किसान विकास बैंकको क्रमशः ९९ लाख, ९६ लाख, ७३ लाख, ७२ लाख र ७१ लाखको कारोबार भएको छ ।
सूर्योदय लघुवित्त, किसान माइक्रोफाइनान्स र हाम्रो विकास बैंकका सेयरधनीले क्रमशः ९.९७, ८.४१ र ६.४३ प्रतिशतका दरले कमाएका छन् । ग्लोबल आईएमई लघुवित्त, नागबेली लघुवित्त र प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । उन्नति माइक्रोफाइ नान्स, स्वदेशी लघुवित्त, सानिमा इक्विटी फण्ड, कालिका माइक्रोक्रेडिट लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, सेन्ट्रल फाइनान्स र नयाँ नेपाल लघुवित्तका सेयरधनीले क्रमशः ६.२५ र ५.४६ प्रतिशतका दरले गुमाएका छन् । सहयोगी विकास बैंक, खानीखोला हाइड्रो, ङादी ग्रुप पावर, वल्र्ड मर्चेन्ट बैंकिङ, महिला सहयात्रा माइक्रोफाइनान्स, जलविद्युत् लगानी तथा विकास कोष, गण्डकी विकास बैंक, डिप्रोक्स लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


