बैंकिङ खबर । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि साधारण सेयर (आईपिओ) निष्काशन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा तीन करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको तीन लाख ७१ हजार चार सय कित्ता आईपिओ निष्काशन गरेको हो ।
उक्त आईपिओ निष्काशन छिटोमा जेठ २२ गते र ढिलोमा असार ११ गते बन्द हुनेछ । आईपिओका लागि न्युनतम ५० कित्तादेखि अधिकतम एक हजार आठ सय कित्तासम्म आवेदन दिन पाइनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
जारी गर्न लागेको साधारण सेयरलाई इक्रा नेपालले ग्रेड फाइभ रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको आधारभूत पक्ष कमजोर रहेको संकेत गर्दछ । कम्पनीले इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

