बैंकिङ खबर । सोमबार सेयर बजार २.०६ अंकले घटेर १३३७.१३ अंकमा पुगेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स र बीमा समूह क्रमशः ३.४३, ६.३, ७.२९, ०.५७ र ७६.४५ अंकले घटेका छन् । होटल, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः ११.२७, ८.३९, ४.८१ र ३५.८२ अंकले बढेका छन् ।
दिनभरिमा १६३ वटा कम्पनीको आठ लाख सात हजार पाँच सय ३३ कित्ता सेयर तीन हजार नौ सय ८८ पटक खरिदविक्री हुँदा ३५ करोड ५४ लाख ५० हजार सात सय ९० रुपैयाँको कारोबार भएको छ । नागरिक लगानी कोषको दुई करोड तथा राष्ट्रिय बीमा कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंक प्रोमोटर, सेञ्चुरी बैंक प्रोमोटर, स्वरोजगार लघुवित्त, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, गण्डकी विकास बैंक र साना किसान विकास बैंकको एक करोडमाथिको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको ७९ करोड नजिकको सेयर कारोबार भएको छ ।
नयाँ नेपाल लघुवित्त, स्वरोजगार लघुवित्त र नागबेली लघुवित्तका सेयरधनीले क्रमशः ९.७१, ८.०९ र ६.७६ तथा ग्लोबल आईएमई लघुवित्त, सिन्धु विकास बैंक, उन्नति माइक्रोफाइनान्स र महिला सहयात्रा माइक्रोफाइनान्सका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । किसान माइक्रोफाइनान्स, नेशनल माइक्रोफाइनान्स, एनएमबि माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, राष्ट्रिय बीमा कम्पनी र तारागाउँ रिजेन्सीका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीमा दरले गुमाएका छन् । प्रोग्रेसिभ फाइनान्स, जेविल्स फाइनान्स, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, हाम्रो विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, कन्काई विकास बैंक, प्रभु बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।

