Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

ब्रोकरबाट सेयर कर्जा कसरी लिने ?

२०७५ जेष्ठ ७ गते

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले मार्जिन ट्रेडिङ कार्यविधि पारित गरेसँगै अब लगानीकर्ताले सेयर किन्दा ब्रोकरमार्फत् मार्जिन कर्जा लिने सुविधा पाउने भएका छन् । बोर्डले यो कार्यविधि लागू गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई निर्देशन पनि दिइसकेको छ । अब नेप्सेले विधि तथा प्रक्रिया निर्धारण गरी मार्जिन कारोबार सुविधा प्रदान गर्दछ ।

प्रत्येक सेयर ब्रोकरले आफ्नो खुद सम्पत्तिको दुई गुणा अर्थात १० करोड रुपैयाँसम्म मार्जिन लेण्डिङ सुविधा अर्थात सेयर धितो कर्जा उपलब्ध गराउन सक्नेछन् । समग्रमा ५० वटा ब्रोकरहरुले कारोबार गर्दा कुल पाँच अर्ब रुपैयाँसम्मको सेयर धितो कारोबार हुनेछ । मार्जिन ट्रेडिङ सुविधा लिन कम्तीमा १० हजार सेयरधनी रहेको कम्पनी हुनुपर्नेछ । यो सेवा दिने सेयर दलालको नेटवर्थ पाँच रुपैयाँभन्दा बढी हुनुपर्छ ।

नेप्सेमा सूचिकृत कम्पनीको १८० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ५० प्रतिशत रकम सेयर किन्नेले प्रारम्भिक मार्जिनका रुपमा बुझाउनुपर्छ । ब्रोकरले एक जना ग्राहक वा निजको एकाघारका सदस्यलाई आफ्नो नेटवर्थको बढीमा १० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराउन सक्छ । नेटवर्थ सकारात्मक रही पछिल्लो आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेका सूचिकृत कम्पनीको सेयर किन्न मात्रै यस्तो कर्जा दिन पाइन्छ ।

यस सुविधाअन्तर्गत खरिद गरिएको सेयरसहितको मार्जिन रकम विवरण ग्राहकको छुट्टाछुट्टै अभिलेख बनाई राख्नुपर्ने, लेखापरीक्षण गरिएको कारोबार भएको सेयरको हिसाबकिताब तथा लेखा बोर्ड र बजारलाई पेश  गर्नुपर्ने तथा ग्राहकको परिष्कृत पहिचान गर्नुपर्ने व्यवस्था गरिएको छ ।