Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

साताभरमा ८.८ अंकले घट्यो सेयर बजार, कारोबार एक अर्बमाथि

२०७५ जेष्ठ ४ गते

बैंकिङ खबर । सुरुवातको दुई दिन घटेपनि यो साता सेयर बजार अन्तिम दुई दिन सामान्य अंकले भए पनि बढेका छन् ।  सोमबार र मंगलबार क्रमशः १०.२८ र ४.३२ अंकले घटेको नेप्से परिसूचक बुधबार र विहीबार क्रमशः ४.१६ र १.६४ अंकले बढेर १३३९.६५ अंकमा पुगेको छ । गत साता नेप्से १३४८.४५ अंकमा बन्द भएको थियो । यस आधारमा हेर्दा, यो साता सेयर बजार ८.८ अंकले घटेको देखिन्छ ।

कारोबार रकममा यो साता उल्लेख्य गिरावट आएको छ । सोमबार ४२ करोडको कारोबार भएको बजारमा मंगलबार, बुधबार र विहीबार क्रमशः १४ करोड २२ करोड र २८ करोडको मात्रै कारोबार भएको छ । समग्रमा, साताभरमा एक अर्ब आठ करोड १९ लाख ४१ हजार एक सय ९२ रुपैयाँको मात्रै सेयर कारोबार भएको छ ।

वोमी माइक्रोफाइनान्सको धेरै कारोबार भएको छ । उन्नति माइक्रोफाइनान्स, हिमालयन डिस्टीलरी लगायतका सेयरधनीले कमाएका छन् । गुमाउनेमा मिसन डेभलपमेन्ट बैंक, रिडी हाइड्रो लगायतका सेयरधनी छन् ।