May 16th, 2018

सेयर बजारमा सामान्य अंकको सुधार, कारोबार २२ करोडमाथि

बैंकिङ खबर । बुधबार सेयर बजार ४.१६ अंकले बढेर १३३८.०१ अंकमा पुगेको छ । फाइनान्स र उत्पादनमूलक समूह क्रमशः २.८४ र ६.८७ अंकले घट्दा बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, बीमा, अन्य र लघुवित्त समूह क्रमशः १.४६, ५.८३, ४६.१४, ९.२८, १३.१३, ०.१९, ४.६२ र २२.८४ अंकले बढेका छन् ।

दिनभरिमा १५८ वटा कम्पनीको चार लाख २३ हजार तीन सय ७६ कित्ता सेयर दुई हजार पाँच सय ९८ पटक खरिदविक्री हुँदा २२ करोड २० लाख ५१ हजार सात सय ९७ रुपैयाँको कारोबार भएको छ । कारोबार रकम मंगलबारको तुलनामा बढेको हो । मंगलबार १४ करोडको मात्रै कारोबार भएको थियो ।

कुल कारोबारमध्ये वोमी माइक्रोफाइनान्सको डेढ करोडमाथिको कारोबार भएको छ । नेपाल टेलिकम, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, शिखर इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नागरिक लगानी कोष र नविल बैंकको क्रमशः ८२ लाख, ७८ लाख, ७७ लाख, ७४ लाख, ७३ लाख, ६६ लाख, ६३ लाख, ६२ लाख र ६० लाख रुपैयाँको कारोबार भएको छ ।

मिर्मिरे माइक्रोफाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त, हिमालयन डिस्टीलरी, वोमी माइक्रोफाइनान्स र नागवेली लघुवित्तका सेयरधनीले क्रमशः ९.९७, ६.९५, ६.५१, ६.२३ र ५.५१ प्रतिशतका दरले कमाएका  छन् । आरम्भ माइक्रोफाइनान्स, तिनाउ विकास बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स, बिशाल बजार, समिट माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका  छन् ।

यता, वल्र्ड मर्चेन्ट बैंकिङका सेयरधनीले सबैभन्दा धेरै ४.३१ प्रतिशतका दरले गुमाएका छन् । मिथिला लघुवित्त, श्री इन्भेष्टमेन्ट फाइनान्स, सृजना फाइनान्स, हिमालयन पावर पार्टनर, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, कन्काई विकास बैंक, युनाइटेड फाइनान्स, युनिलिभर नेपाल, ग्लोबल आईएमई समुन्नत स्कीम लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]