Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

मंगलबार पनि घट्यो सेयर बजार, कारोबार १५ करोड पनि पुगेन

२०७५ जेष्ठ १ गते

बैंकिङ खबर । मंगलबार सेयर बजार ४.३२ अंकले घटेर १३३३.८५ अंकमा कायम भएको छ । व्यापार र उत्पादनमूलक समूह क्रमशः ५.४९ र २८.१६ अंकले बढे तापनि बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, अन्य र लघुवित्त समूह क्रमशः ४.२८, ३२.९५, १०.९६, १३.१४, १.३३, १२.७६, ०.५३ र ५.६२ अंकले घटेका छन् ।

दिनभरिमा १४३ वटा कम्पनीको तीन लाख १९ हजार दुई सय ६० कित्ता सेयर एक हजार नौ सय ५९ पटक खरिदविक्री हुँदा १४ करोड ९२ लाख ३९ हजार नौ सय ५५ रुपैयाँको मात्रै कारोबार भएको छ । मिर्मिरे माइक्रोफाइनान्सको ८६ लाख, प्रिमियर इन्स्योरेन्सको  ५४ लाख र गण्डकी विकास बैंकको ५२ लाखको कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, स्वाबलम्बन लघुवित्त, वोमी माइक्रोफाइनान्स, शिखर इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको ४० लाखमाथिको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंकको ३९ लाख र नेशनल लाइफ इन्स्योरेन्सको ३८ लाखमाथिको कारोबार भएको छ ।

४१ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । हिमालयन डिस्टीलरी, उन्नति माइक्रोफाइनान्स र आईएमई जनरल इन्स्योरेन्सका सेयरधनीले क्रमशः ९.९५, ५.९५ र ५.३२ प्रतिशतका दरले कमाएका छन् । विशाल बजार, मेरो माइक्रोफाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स, राधी विद्युत कम्पनी, नविल इक्विटी फण्ड, लुम्बिनी जनरल इन्स्योरेन्स, सहयोगी विकास बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ४.९१ प्रतिशतका दरले गुमाएका छन् । सिन्धु विकास बैंक, रिडी हाइड्रो, तिनाउ विकास बैंक, कैलाश विकास बैंक, सिभिल बैंक, देवः विकास बैंक, एसियन लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई समुन्नत स्किम, सानिमा इक्विटी फण्ड लगायतका सेयरधनीले पनि गुमाएका छन् ।