बैंकिङ खबर । साताको अन्तिम दिन सेयर बजार ७.७० अंकको गिरावटसँगै १३४८.४५ अंकमा पुगेर बन्द भएको छ । सबै उपसूचकहरु ओरालो लागेका छन् । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, अन्य र लघुवित्त समूह क्रमशः ३.३४, ५.८३, ३१.८२, ५.६७, २५.६३, २.४१, ६९.२८, ६.४६ र १४.४१ अंकले घटेका छन् ।
दिनभरिमा १६१ वटा कम्पनीको सात लाख ७३ हजार दुई सय १० कित्ता सेयर पाँच हजार पाँच सय ८८ पटक खरिदविक्री हुँदा ३५ करोड ८८ लाख ४४ हजार दुई सय ६० रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको दुई करोड तथा बुटवल पावर कम्पनी, स्वाबलम्बन विकास बैंक, एनएमबि बैंक, सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको एक करोडमाथिको कारोबार भएको छ । ग्लोबल आईएमई बैंक प्रोमोटर, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, प्रभु इन्स्योरेन्स र चिलिमे हाइड्रोको क्रमशः ९४ लाख ५१ हजार, ९४ लाख ३० हजार, ७८ लाख र ७२ लाख रुपैयाँको कारोबार भएको छ ।
जम्मा ३७ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । समता माइक्रोफाइनान्स, सपोर्ट माइक्रोफाइनान्स र किसान माइक्रोफाइनान्सका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । जनउत्थान सामुदायिक लघुवित्त, रिडी हाइड्रो, सिन्धु विकास बैंक, अरुण भ्याली हाइड्रो, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, गुहेश्वरी फाइनान्स, बरुण हाइड्रो लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, नेरुडे लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ४.२५ प्रतिशतका दरले गुमाएका छन् । विशाल बजार, मिथिला लघुवित्त, गुडविल फाइनान्स, सिनर्जी पावर, बुटवल पावर, देवः विकास बैंक, राष्ट्रिय बीमा कम्पनी, अपि पावर कम्पनी, ङादी ग्रुप पावर लगायतका सेयरधनीले पनि गुमाएका छन् ।

