May 16th, 2016

सोमबार १४६७.५१ मा झर्यो नेप्से, झन्डै ६७ करोडको कारोबार

economicसाताको आइतबारदेखि नै ओरालो गतिमा रहेको नेप्से सोमबार पनि घटेको छ । आइतबार ७७ करोडको कारोबार भएको बजारमा सोमबार झन्डै ६७ करोडको मात्रै कारोबार भएको छ । दिनभरिमा १ सय ३५ वटा कम्पनिको १३ लाख ३८ हजार ३५ कित्ता शेयर ३ हजार २ सय १७ पटक खरिदविक्रि हुँदा ६६ करोड ९५ लाख ३४ हजार ४ सय १६ रुपैँयाको कारोबार भएको छ । परिसूचक पनि आइतबारको तुलनामा ९.८७ अंकले घटेर १४६७.५१ अंकमा कायम भएको छ । 

धेरै कारोबार गर्ने कम्पनिहरुको अग्रस्थानमा रहेको प्रभु इन्स्योरेन्सको ५ करोड ८९ लाख ५८ हजार ८६ रुपैँयाको शेयर कारोबार भएको छ भने सानिमा बैँकको ३ करोडमाथिको कारोबार भएको छ । नेपाल बैँक, एनबी बैँक, सिटिजन बैँक र नेशनल लाइफ इन्स्योरेन्सको २ करोडमाथिको कारोबार हुँदा युनाइटेड इन्स्योरेन्स, काष्टमण्डप डेभलपमेन्ट बैँकको प्रोमोटर शेयर, हिमालयन जेनेरल इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स लगायतको १ करोडमाथिको शेयर कारोबार भएको छ । 

कमाउने कम्पनिको अग्रस्थानमा रहेको काष्टमण्डप डेभलपमेन्ट बैँकको प्रोमोटर शेयरका लगानीकर्ताले ८.७ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् भने ओमी माइक्रोफाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैँक, प्रभु इन्स्योरेन्स, एक्सेल डेभलपमेन्ट बैँक, सिन्धु विकास बैँक, प्रोफेशनल दियालो विकास बैँक लगायतले पनि कमाएका छन् । गुमाउनेमा रिलायन्स लोटस फाइनान्स, लाइफ इन्स्योरेन्स कम्पनि, लुम्बिनी फाइनान्स, आईसीएफसी फाइनान्स लगायत छन् । 

विकास बैँकबाहेक कारोबार भएका सबै कम्पनिहरुको ओरालो लागेका छन् । सबैभन्दा धेरै विमा समूह १०४.६६ अंकले घट्दा अन्य, होटल, जलविद्युत्, फाइनान्स र वाणिज्य बैँक क्रमशः १५.२७, १२.८३, ९.५४, ८.८७ र ६.६७ अंकले घटेका छन् । विकास बैँक भने सामान्य १.६४ अंकले बढेको छ ।