Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

सेयर बजारमा सामान्य सुधार, तीन दिनमा डेढ अर्बको कारोबार

२०७५ बैशाख २१ गते

बैंकिङ खबर । यो साता तीन दिन मात्रै सेयर कारोबार भयो । साताको सुरुवात गिरावटबाट भएपनि अन्तिम दुई दिन उकालो लाग्यो । गत साता १३५७.२२ अंकमा पुगेर बन्द भएको सेयर बजार यो साता १३६६.१५ अंकमा पुगेको छ ।  जसअनुसार, साताभरमा सेयर बजार ८.९३ अंकले बढेको छ । गत साता बजार ३१.३१ अंकले घटेको थियो ।  

कारोबार रकम सुधारको गतिमा देखिएको छ । आइतबार ४० करोड र बुधबार ३८ करोडको कारोबार भएको बजारमा विहीबार ७६ करोडको कारोबार भएको छ । जसअनुसार, साताभरमा एक अर्ब ५५ करोड २५ लाख २९ हजार १४ रुपैयाँको कारोबार भएको छ । गत साता चार अर्ब ६८ करोड ९५ लाख ७१ हजार चार सय ८७ रुपैयाँको सेयर कारोबर भएको थियो ।

राष्ट्रिय बीमा कम्पनी, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतको धेरै कारोबार भएको छ । स्वदेशी लघुवित्त, सूर्योदय लघुवित्त, मितेरी डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले कमाएका  छन् । मिसन डेभलपमेन्ट बैंक, बरुण हाइड्रो, सिन्धु विकास बैंक लगायतका सेयरधनीले गुमाएका  छन् ।