बैंकिङ खबर । विहीबार सेयर बजार ५.७७ अंकले बढेर १३६६.१५ अंकमा पुगेको छ । होटल र अन्य समूह क्रमशः ८.६७ र २.९६ अंकले घटे पनि बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक र लघुवित्त समूह क्रमशः ३.५५, ३.४९, १७.१, ३.८६, ७५.६२, १०.६ र १६.५५ अंकले बढेका छन् ।
दिनभरिमा १६९ वटा कम्पनीको १४ लाख ६५ हजार पाँच सय ९३ कित्ता सेयर सात हजार सात सय १५ पटक खरिदविक्री हुँदा ७६ करोड ८३ लाख ७२ हजार दुई सय ९३ रुपैयाँको कारोबार भएको छ । नेपाल बैंकको पौने छ करोड, राष्ट्रिय बीमा कम्पनीको प्रोमोटरको सवा दुई करोड तथा चिलिमे हाइड्रो, राष्ट्रिय बीमा कम्पनी, प्रिमियर इन्स्योरेन्स र स्वाबलम्बन लघुवित्तको दुई करोडमाथिको कारोबार भएको छ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स, स्वदेशी लघुवित्त, ग्रामीण विकास लघुवित्त लगायतको एक करोडमाथिको कारोबार भएको छ ।
सूर्योदय लघुवित्त, महिला सहयात्रा माइक्रोफाइनान्स, हाथवे फाइनान्स, सिभिल लघुवित्त र समता माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ९.५२, ७.८९, ७.०४, ६.६२ र ५.९५ प्रतिशतका दरले कमाएका छन् । ग्लोबल आईएमई लघुवित्त, स्वदेशी लघुवित्त, तिनाउ विकास बैंक, बोटलर्स नेपाल, किसान माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, मिसन डेभलपमेन्ट बैंकका सेयरधनीले ५.११ प्रतिशतका दरले गुमाएका छन् । सिन्धु विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रो, जलविद्युत् लगानी तथा विकास कोष, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, बरुण हाइड्रो, एभरेष्ट बैंक (सीपी) लगायतका सेयरधनीले पनि गुमाएका छन् ।

