बैंकिङ खबर । सहारा विकास बैंकले जेठ छ गतेदेखि चुक्ता पूँजीको २५० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । असार ९ गतेसम्म खुला रहेने हकप्रदमा वैशाख ९ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।
बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा १८ करोड २४ लाख रुपैयाँ बराबरको १८ लाख २४ हजार कित्ता हकप्रद निष्कासन गर्नेछ । यसका लागि बैंकले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइविएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
हकप्रदमा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल तथा यसका शाखा कार्यालयहरु, सहारा विकास बैंकका शाखा कार्यालयहरु र सीआस्वा सुविधा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
हाल सहारा विकास बैंकको चुक्ता पूँजी सात करोड २९ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपश्चात बैंकको चुक्तापुँजी २५ करोड ५४ लाख रुपैयाँ पुग्नेछ । हकप्रद निष्कासन पश्चात बैंकमा संस्थापक सेयरधनीको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४९ प्रतिशत पुग्नेछ ।
बैंकको हकप्रदलाई इक्रा नेपालले ’इक्रा एनपि आइपिओ ग्रेड ५’ प्रदान गरेको छ । जसले बैंकको अवस्था कमजोर रहेको संकेत गर्दछ ।


