Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

१३४९ अंकमा झर्यो सेयर बजार, ४० करोडको कारोबार

२०७५ बैशाख १६ गते

बैंकिङ खबर । आइतबार सेयर बजार ८.२१ अंकले घटेर १३४९.०१ अंकमा कायम भएको छ । व्यापार, होटल, विकास बैंक, बीमा र उत्पादनमूलक समूह क्रमशः ०.७६, ३५.१८, ४.४३, २.४१, ८.१८ अंकले बढेका छन् भने बैंकिङ, जलविद्युत्, फाइनान्स, अन्य र लघुवित्त समूह क्रमशः ११.६, १.२३, ५.८१, ८.७ र ४.०७ अंकले घटेका छन् ।

दिनभरिमा १६१ वटा कम्पनीको नौ लाख ६६ हजार आठ सय २९ कित्ता सेयर पाँच हजार दुई सय १४ पटक खरिदविक्री हुँदा ४० करोड ३५ लाख ४८ हजार ६८ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, राष्ट्रिय बीमा कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एशिया बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर, नेपाल बैंक र प्रिमियर इन्स्योरेन्सको एक करोडमाथिको कारोबार भएको छ । प्रभु बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, सिभिल बैंक र नेशनल लाइफ इन्स्योरेन्सको क्रमशः ९९ लाख ५६ हजार, ९९ लाख २६ हजार, ८३ लाख र ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

स्वदेशी लघुवित्त र नयाँ नेपाल लघुवित्तका सेयरधनीले क्रमशः ९.९४ र ५.४३ प्रतितका दरले कमाएका  छन् । उन्नति माइक्रोफाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सहयोगी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, ना गवेली लघुवित्त, एलआईसी नेपाल, महुली सामुदायिक लघुवित्त, सूर्योदय लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, बरुण हाइड्रो, जानकी फाइनान्स र युनाइटेड मोदी हाइड्रोका सेयरधनीले क्रमशः ७.७७, ६.५९ र ६.१९ प्रतिशतका दरले गुमाएका छन् । प्रभु बैंक, युनाइटेड फाइनान्स, वल्र्ड मर्चेन्ट बैंकिङ, किसान माइक्रोफाइनान्स, एनबि बैंक, गुराँस फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।