बैंकिङ खबर । यो साता सेयर बजारमा ३१.३१ अंकको गिरावट आएको छ । गत साता १३८८.५३ अंकमा बन्द भएको नेप्से परिसूचक यो साता १३५७.२२ अंकमा झरेको हो । साताको सुरुवात दोहोरो अंकको वृद्धिबाट भएपनि सोमबारदेखि बजार निरन्तर रुपमा घटेको थियो । गत साता सेयर बजार ११०.९८ अंकले बढेको थियो ।
कारोबार रक मभने गत साताको तुलनामा सामान्य बढेको छ । आइतबार एक अर्ब २३ करोड र सोमबार डेढ अर्बको कारोबार भएको बजारमा मंगलबार, बुधबार र विहीबार क्रमशः ७३ करोड, ५६ करोड र ६३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । समग्रमा साताभर चार अर्ब ६८ करोड ९५ लाख ७१ हजार चार सय ८७ रुपैयाँको सेयर कारोबर भएको छ । गत साता चार अर्ब सात करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
राष्ट्रिय बीमा कम्पनी, नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायतको धेरै कारोबार भएको छ । आइतबार ११ कम्पनीले मात्रै गुमाएको बजारमा सोमबारदेखि गुमाउनेको संख्या बढेको छ । जसअनुसार, सोमबार २५, मंगलबार ३९, बुधबार ३३ र विहीबार १४ वटा कम्पनीका सेयरधनीले मात्रै कमाए । स्वदेशी लघुवित्तका सेयरधनीले कमाएका छन् । गुमाउनेमा ङादी ग्रुप पावर, रिडी हाइड्रो लगायतका सेयरधनी छन् ।