Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार डेढ अर्ब माथि

२०७५ बैशाख १० गते

बैंकिङ खबर । केही समयदेखि निरन्तर दोहोरो अंकले बढिरहेको सेयर बजार सोमबार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २७.६४ अंकले घटेर १४१०.८५ अंकमा कायम भएको छ । कारोबार भएका सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै बीमा समूह ८८.४४ अंकले घटेको छ । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः २५.१६, ५.९९, ७८.७८, ३१.५४, ५४.७३, ९.५९, ८८.४४, २९.०८, १६.७७ र ३०.७८ अंकले घटेका छन् ।

परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । दिनभरिमा १७० वटा कम्पनीको ३१ लाख १४ हजार छ सय १८ कित्ता सेयर १४ हजार चार सय ३९ पटक खरिदविक्री हुँदा एक अर्ब ५१ करोड ९९ लाख ४२ हजार आठ सय १५ रुपैयाँको कारोबार भएको छ । आइतबार एक अर्ब २३ करोडको सेयर कारोबार भएको थियो ।

नेपाल बैंकको साढे नौ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनी प्रोमोटर र राष्ट्रिय बीमा कम्पनीको चार करोड तथा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, नेशनल लाइफ इन्स्योरेन्स, सानिमा माई हाइड्रो, चिलिमे हाइड्रो, नेपाल लाइफ इन्स्योरेन्स, सानिमा बैंक, गुराँस लाइफ इन्स्योरेन्स लगायतको तीन करोडमाथिको सेयर कारोबार भएको छ ।

जम्मा २५ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै स्वदेशी लघुवित्तका सेयरधनीले ९.९५ प्रतिशतका दरले कमाएका छन् । मिसन डेभलपमेन्ट बैंक, भार्गव विकास बैंक, वल्र्ड मेर्चन्ट बैंकिङ र सपोर्ट माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ९.५७, ७.६९, ६.२५ र ५.६४ प्रतिशतका दरले कमाएका छन् । अरुण काबेली पावर, लक्ष्मी इक्विटी फण्ड, वोमी माइक्रोफाइनान्स, ललितपूर फाइनान्स, मिथिला लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।

राधी विद्युत् कम्पनी, तारागाउँ रिजेन्सी र सप्तकोसी डेभलपमेन्ट बैंकका सेयरधनीले छ प्रतिशत तथा हाथवे फाइनान्स, एभरेष्ट बैंक (सीपी), कामना सेवा विकास बैंक, हिमालयन पावर पार्टनर, अरुण भ्याली हाइड्रो र लक्ष्मी लघुवित्तका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । प्रभु बैंक, एशियन लाइफ इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।