Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

सेयर बजारमा उछाल कायमै, ५० अंकले परिसूचक बढ्दा एक अर्ब २३ करोडको कारोबार

२०७५ बैशाख ९ गते

बैंकिङ खबर । आइतबार सेयर बजार ५०.१८ अंकले बढेर १४३८.४९ अंकमा पुगेको छ । सबै उपसूचकहरु दोहोरो अंकले बढेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः ३९.३१, ६५.२, ६१.६६, ८९.८८, २३.१४, ३५२.९९, ४०.३८, १२.५७ र १००.२३ अंकले बढेका छन् । 

दिनभरिमा १६७ वटा कम्पनीको २८ लाख ८९ हजार नौ सय ४३ कित्ता सेयर १२ हजार पाँच सय ४८ पटक खरिदविक्री हुँदा एक अर्ब २३ करोड पाँच लाख तीन  हजार एक सय ८० रुपैयाँको कारोबार भएको छ । कुमारी बैंकको पाँच करोड, राष्ट्रिय बीमा कम्पनीको चार करोड तथा सानिमा बैंक, नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र सानिमा माइ हाइड्रोको तीन करोडमाथिको कारोबार भएको छ । चिलिमे  हाइड्रो, सिद्धार्थ बैंक, प्राइम बैंक लगायतको दुई करोडमाथिको सेयर कारोबार भएको छ ।

अरुण काबेली पावर, एनएमबि माइक्रोफाइनान्स, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर र राष्ट्रिय बीमा कम्पनीका सेयरधनीले १० प्रतिशतका दरले कमाएका छन् । नेशनल माइक्रोफाइनान्स, सिद्धार्थ इन्स्योरेन्स, वोमी माइक्रोफाइनान्स, सेन्ट्रल फाइनान्स, काबेली विकास बैंक, अपि पावर कम्पनी लगायतका सेयरधनीले नौ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । 

११ वटा कम्पनीका सेयरधनीले गुमाएका छन् । सबैभन्दा धेरै रिडी हाइड्रोका सेयरधनीले ३.३५ प्रतिशतका दरले गुमाएका छन् । ङादी ग्रुप पावर, सिनर्जी पावर, नेपाल हाइड्रो, छ्याङ्दी हाइड्रो, एनआईबिएल प्रगति फण्ड, सृजना फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, गुहेश्वरी फाइनान्स, नविल इक्विटी फण्ड र एभरेष्ट बैंक (सीपी)का सेयरधनील पनि गुमाएका छन् ।