Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

नयाँ वर्षको पहिलो साता सेयर बजारमा उत्साह, परिसूचक ११०.९८ अंकले बढ्यो

२०७५ बैशाख ७ गते

बैंकिङ खबर । यो साता सेयर बजार ११०.९८ अंकले बढेको छ । गत साताको अन्तिम दिन १२७७.५५ अंकमा पुगेर बन्द भएको सेयर बजार यो साताको  अन्तिम दिन १३८८.५३ अंकमा आइपुगेको हो । साताको पाँच दिन नै नेप्से परिसूचक बढेको थियो । आइतबार २.६० अंकले मात्रै बढेको बजार अन्य चार दिन  लगातार दोहोरो अंकले बढेको थियो । 

नयाँ वर्षको सुरुवातसँगै यो साता लगानीकर्ताहरुमा उत्साह देखिएको छ । बुधबार र विहीबार त कारोबार रकम एक अर्ब माथि नै पुगेको थियो । जसअनुसार, पाँच दिनमा चार अर्ब सात करोड ६१ लाख ६४ हजार दुई सय ९१ रुपैयाँको कारोबार भएको छ । कारोबार रकम गत साताको तुलनामा ३८.२७ प्रतिशतले बढेको  हो । गत साता दुई अर्ब ९४ करोडमाथिको सेयर कारोबार भएको थियो ।

युनाइटेड इन्स्योरेन्स, चिलिमे हाइड्रो, सूर्या लाइफ इन्स्योरेन्स  लगायतको धेरै कारोबार भएको छ । प्रुडेन्सियल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी (प्रोमोटर, युनाइटेड इन्स्योरेन्स, महिला सहयात्रा माइक्रोफाइनान्स लगायतका सेयरधनीले कमाएका छन् । गुमाउनेमा  सहयोगी विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स प्रोमोटर लगायतका सेयरधनीले छन् ।