Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

अन्तिम चरणमा मेगा र टुरिजमबीचको मर्जर, राष्ट्र बैंकबाट अन्तिम स्वीकृति

२०७५ बैशाख ७ गते

बैंकिङ खबर । मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यी दुई बैंकबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले  अन्तिम स्वीकृति प्रदान गरेको छ । 

राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउनका लागि पछिल्लो समय मेगा बैंकको सञ्चालक समितिले गत माघमा नै टुरिजम डेभलपमेन्ट बैंकसँग र्मजर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । दुई बैंकबीच मेगाको प्रति शेयर १०० रुपैयाँ बराबर टुरिज्जमको ९५ रुपैयाँ कायम गरेर मर्जरमा जाने निर्णय भएको थियो । मर्जर प्रक्रियाका लागि दुवै बैंकको सेयर कारोबार २०७३ माघ ९ गतेदेखि रोक्का रहेको छ । 

हकप्रद सेयरसहित गरी मेगा बैंकको चुक्ता पुँजी सात अर्ब ५६ करोड पुगेको छ । टुरिजम डेभलपमेन्ट बैंकको चुक्तापुँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ । दुबै बैंक मर्ज भएपछि चुक्ता पुँजी बढेर नौ अर्ब ४७ करोड रुपैयाँ पुग्नेछ ।