Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

सी-आस्वा प्रभावकारी नभएको गुनासो आएपछि धितोपत्र बोर्डले दियो यस्तो निर्देशन

२०७५ बैशाख ५ गते

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले सी–आस्बा सेवालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । आस्वा सदस्यलाई चार बुँदे परिपत्र गर्दै धितोपत्र बोर्डले यस्तो निर्देशन दिएको हो । 

सी–आस्बा प्रणाली लागू गर्न बोर्डबाट अनुमति प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाका कतिपय शाखा कार्यालयबाट प्रदान गरिने सेवा प्रभावकारी नरहेको, लगानीकर्ताहरुको खातामा धितोपत्र खरिद आवेदनमा उल्लेख भए बमोजिम यथेष्ट रकम उपलब्ध भए नभएको एकीन नगरिकनै आवेदन बुझिलिने गरेको, चेकसमेत बुझिलिने गरेको जस्ता गुनासोहरू आएको भन्दै बोर्डले प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएको हो । 

सार्वजनिक निष्काशनमा सेयर खरिदका लागि प्राप्त आवेदन सी–आस्बा सफ्वेयरमा रुजु गरी ग्राहकको पहिचान एकीन गरेपश्चात मात्रै बुझिलिन बोर्डले निर्देशन दिएको छ । त्यस्तै, बोर्डले आवेदनकर्ताको खातामा आवेदन गर्दाको बखत आवश्यक रकम उपलब्ध भएमा माग आवेदन स्वीकार गरी आवेदन रकम रोक्का गर्न, सेवाग्राहीलाई सी–आस्बा सेवा सम्बन्धमा जानकारी प्रदान गर्न पर्याप्त प्रचारप्रसार गर्न र सी–आस्बा सेवा अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित कर्मचारीलाई तालिम प्रदान गर्न निर्देशन दिएको छ ।