बैंकिङ खबर । बुधबार सेयर बजार ३१.८३ अंकले बढेर १३६३.०१ अंकमा पुगेको छ । सबै उपसूचकहरु बढेका छन् । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलम, अन्य र लघुवित्त समूह क्रमशः ३२.८९, ४.३९, ३७.६५, ६५.३४, १०७.७३, १३.६९, ६३.५१, २८.३५, ७.८१ र ५.३९ अंकले बढेका छन् ।
लामो समयपछि बुधबार एक अर्बमाथिको कारोबार भएको छ । दिनभरिमा १६५ वटा कम्पनीको २४ लाख ४० हजार एक सय पाँच कित्ता सेयर ११ हजार पाँच सय तीन पटक खरिदविक्री हुँदा एक अर्ब १२ करोड ६७ लाख १६ हजार १७ रुपैयाँको कारोबार भएको छ ।
युनाइटेड इन्स्योरेन्सको सबैभन्दा धेरै पाँच करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । चिलिमे हाइड्रोको तीन करोड तथा सानिमा बैंक, सूर्या लाइफ इन्स्योरेन्स, सानिमा माइ हाइड्रो, कुमारी बैंक, नेपाल इन्स्योरेन्स, नविल बैंक, नविल बैंक प्रोमोटर, नेको इन्स्योरेन्स लगायतको दुई करोडमाथिको कारोबार भएको छ ।
ङादी ग्रुप पावर, हिमालयन पावर पार्टनर र नयाँ नेपाल लघुवित्तका सेयरधनीले १० प्रतिशतका दरले कमाएका छन् । नौ प्रतिशतभन्दा बढीका दरले कमाउनेमा राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, सूर्या लाइफ इन्स्योरेन्स, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, सिभिल लघुवित्त, हाथवे फाइनान्स, सिनर्जी पावर लगायतका सेयरधनी रहेका छन् ।
जम्मा ३६ वटा कम्पनीका सेयरधनीले गुमाएका छन् । सबैभन्दा धेरै एशियन लाइफ इन्स्योरेन्सका सेयरधनीले ४.२६ प्रतिशतका दरले गुमाएका छन् । प्रुडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, सानिमा इक्विटी फण्ड, मेरो माइक्रोफाइनान्स, प्रिमियर इन्स्योरेन्स, महुली सामुदायिक लघुवित्त, स्वाबलम्बन लघुवित्त, लक्ष्मी लघुवित्त, नेशनल माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।