April 13th, 2018

अब सेयर किनबेच गर्न ब्रोकर अफिस जानु नपर्ने

बैंकिङ खबर । नयाँ वर्षको सुरुवातसँगै सेयर खरिदविक्रीका लागि ब्रोकर अफि जानुपर्ने झन्झट हटेको छ । नेपाल धितोपत्र बोर्डले इन्टरनेट मार्फत सेयर खरिदबिक्रीको आदेश दिन सक्ने व्यवस्था कार्यान्वयनमा ल्याउन ब्रोकरहरुलाई निर्देशन दिएको छ । २०७५ सालको सुरुका दिनदेखि नै यस प्रणाली कार्यान्वयनमा ल्याई लगानीकर्तालाई इन्टरनेटबाट सेयर किनबेच आदेश दिने व्यवस्था मिलाउन बोर्डले ब्रोकरहरुलाई परिपत्र गरेको हो ।

यसअघि २०७३ फागुन २६ मा ब्रोकर व्याक अफिस सफ्टवेरमा इन्टरनेटमार्पmत प्राप्त धितोपत्र कारोवार गर्न खरिद बिक्री आदेश दिने व्यवस्था गर्न परिपत्र गरिएको थियो । उक्त व्यवस्थालाई थप व्यवस्थित र परिमाजिर्त गर्दै जाने क्रममा सरोकारवाला निकाय ब्रोकर व्याक अफिस प्रणाली प्रदायक कम्पनीहरु तथा लगानीकर्ता संघहरुसँग विभिन्न चरणमा छलफल भइसकेको र सोही छलफलबाट प्राप्त सुझावअनुरुप उक्त सुविधा समावेश गरिएको बोर्डले जानकारी दिएको छ । 

यस व्यवस्थावाट लगानीकर्ताहरुलाई धितोपत्र खरिद विक्री गर्न धितोपत्र दलाल व्यवसायीको कार्यालयमा उपस्थित हुनु पर्न झन्झटको अन्त्य हुने, धितोपत्रको कारोबार प्रकृया तथा अभिलेख सम्वन्धी कार्य थप व्यवस्थित, सहज, पारदर्शी, सरल, छिटो, छरितो र लगानीकर्ता मैत्री हुने बोर्डका सहप्रवक्ता निरञ्जय घिमिरेले बताए । साथै, यस व्यवस्थाले निकट भविष्यमा नेप्सेले लागू गर्न लागेको अनलाइन कारोवार प्रणालीको लागि आधार तयार ⁄ सहज हुने अपेक्षा बोर्डले गरेको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]