Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

नौ कम्पनीको तीन करोड ३१ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

२०७४ चैत्र २९ गते

बैंकिङ खबर । विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नौ वटा कम्पनीको हकप्रद तथा बोनस सेयर सूचिकृत भएको छ । सेयर सूचिकृत गराउने कम्पनीहरुमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, सनराइज बैंक, अपि पावर कम्पनी, नागबेली लघुवित्त विकास बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, जानकी फाइनान्स कम्पनी, सिभिल लघुवित्त वित्तीय संस्था, तिनाउ विकास बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् ।  

यी कम्पनीहरुले कुल तीन करोड ३१ लाख ९८ हजार  नौ सय ६७ दशमलव ४६ कित्ता सेयरको सूचिकरण गराएका हुन् । सूचिकृत कुल सेयरमध्ये, १२ लाख ८३ हजार ४० कित्ता हकप्रद सेयर रहेको छ भने बाँकी तीन करोड नौ लाख १५ हजार नौ सय २७ दशमलव ५ कित्ता बोनस सेयर रहेको छ ।

प्रुडेन्सियलले १२ लाख ८३ हजार ४० कित्ता हकप्रद सेयरको सूचिकरण गराएको छ । त्यस्तै, सनराइज बैंकको एक करोड छ लाख ३३ हजार सात सय ६८ दशमलव ५ कित्ता, अपि पावर कम्पनीको आठ लाख ४० हजार कित्ता, नागबेली लघुवित्तको दुई लाख ४० हजार ४६ दशमलव १५ कित्ता, लुम्बिनी जनरल इन्स्योरेन्सको १० लाख कित्ता, जानकी फाइनान्सको छ लाख १५ हजार तीन सय ४६ कित्ता, सिभिल लघुवित्तको ४७ हजार दुई सय ५० कित्ता र प्राइम बैंकको एक करोड ७० लाख ७८ हजार छ सय ६६ दशमलव नौ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएका छन् ।

आगामी सातादेखि सम्बन्धीत कम्पनीका सेयरधनीले सूचिकृत सेयरको कारोबार गर्न सक्नेछन् ।