Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सांग्रिला डेभलपमेन्ट बैंकको हकप्रद सेयर बाँडफाँड, चुक्तापुँजी अढाई अर्ब पुग्यो

२०७४ चैत्र २८ गते

सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक समुह तर्फको तीन लाख ९२ हजार सात सय ७२ दशमलव ५०  कित्ता तथा सर्वसाधारण समुह तर्फको पाँच लाख नौ हजार दुई सय २५ कित्ता गरि जम्मा नौ लाख एक हजार नौ सय ९७ दशमलव ५० कित्ता हकप्रद सेयर बाँडफाँड गरेको छ ।

खोलिएका शिलबन्दि बोलपत्रहरुमध्ये संस्थापक समुहतर्फ १०५ रुपैयाँ तथा सर्वसाधारण समुहतर्फ १४२ रुपैयाँभन्दा बढीको दरमा प्राप्त भएको बोलपत्रलाई दरखास्त भए जति सबै कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी रहेको संस्थापक समुहतर्फ १०५ रुपैयाँ प्रस्ताव गर्ने बोलपत्रदातालाई ५४.२२ प्रतिशतले तथा सर्वसाधारण समुहतर्फ १४२ रुपैयाँ प्रस्ताव गर्ने बोलपत्रदातालाई १६.१० प्रतिशतले दामाशाहीमा बाँडफाँड गरिएको प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए ।

बाँडफाँड भएका संस्थापक समुहतर्फ ५७ जना आवेदकबाट प्राप्त तीन लाख ९२ हजार सात सय ७२ दशमलव ५० कित्ता सेयर बापत चार करोड २० लाख ५५ हजार चार सय एक रुपैयाँ तथा सर्वसाधारण समुहतर्फ ३५३ जना आवेदकबाट प्राप्त पाँच लाख नौ हजार दुई सय २५ कित्ता सेयर बापत सात करोड ४७ लाख ९२ हजार २८ दशमलव २० रुपैयाँ गरि जम्मा ११ करोड ६८ लाख ४७ हजार चार सय २९ दशमलव २० रुपैयाँमध्येबाट संस्थापक समुहतर्फ २७ लाख ७८ हजार एक सय ५१ रुपैयाँ तथा सर्वसाधारण समुहतर्फ दुई करोड ३८ लाख ६९ हजार पाँच सय २८ दशमलव २० रुपैयाँ गरी जम्मा दुई करोड ६६ लाख ४७ हजार छ सय ७९ दशमलव २० रुपैयाँ सेयर प्रिमियम खातामा जम्मा हुने जनाइएको छ । 

यो सेयर बाँडफाँड पश्चात बैंकको सेयर पूँजी दुई अर्ब ५० करोड रुपैयाँ पुगेको नायव प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।