Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकममा भारी गिरावट

२०७४ चैत्र २७ गते

बैंकिङ खबर । मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । सबै उपसूचक ओरालो लागेपछि नेप्से परिसूचक ७७.५५ अंकले घटेर १२७०.२३ अंकमा कायम भएको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः १५.१९, ४.१६, १७.६४, ४०.५८, ३.०९, ९४.६३, ६९.५८, ३.१५ र २६.४६ अंकले घटेका छन् । 

कारोबार रकममा पनि भारी गिरावट आएको छ । सोमबार झन्डै ९५ करोडको कारोबार भएको बजारमा मंगलबार ३४ करोडको मात्रै कारोबार भएको छ । दिनभरिमा १६० वटा कम्पनीको नौ लाख ८३ हजार एक सय ५९ कित्ता सेयर पाँच हजार चार सय ४१ पटक खरिदविक्री हुँदा ३४ करोड ९० लाख ५१ हजार ७७ रुपैयाँको कारोबार भएको हो । 

कुल कारोबारमध्ये, बुटवल पावर कम्पनी र नविल बैंकको मात्रै एक करोडमाथिको कारोबार भएको छ । युनिलिभर नेपाल र नेपाल लाइफ इन्स्योरेन्सको ९६ लाख तथा प्रभु इन्स्योरेन्सको ९५ लाख रुपैयाँको कारोबार भएको छ । चिलिमे हाइड्रो, स्टान्डर्ड चार्टर्ड बैंक, सूर्या लाइफ इन्स्योरेन्स, नेपाल बैंक र गुराँस लाइफ इन्स्योरेन्सको क्रमशः ९४ लाख, ९२ लाख, ८५ लाख, ८४ लाख र ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

जम्मा ३० वटा कम्पनीका सेयरधनीले कमाएका  छन् । स्वदेशी लघुवित्त र उन्नति माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ७.९९ र ५.७८ प्रतिशतले कमाएका  छन् । राधी विद्युत् कम्पनी, सृजना फाइनान्स, आरम्भ माइक्रोफाइनान्स, सपोर्ट माइक्रोफाइनान्स, हाथवे फाइनान्स, कामना सेवा विकास बैंक, सिन्धु विकास बैंक, काबेली विकास बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, हाम्रो विकास बैंकका सेयरधनीले ७.५ प्रतिशत, तारागाउँ रिजेन्सीका सेयरधनीले ६.७६ प्रतिशत तथा नेशनल माइक्रोफाइनान्स, प्रोग्रसिभ फाइनान्स, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, रिडी हाइड्रो र युनिलिभर नेपालका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । छिमेक लघुवित्त, शिखर इन्स्योरेन्स, पोखरा फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका  छन् ।