Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

६.८७ अंकले परिसूचक घट्दा सामान्य बढ्यो कारोबार

२०७४ चैत्र २६ गते

बैंकिङ खबर । सोमबार सेयर बजार ६.८७ अंकले घटेर बन्द भएको छ । कारोबार अवधिभर उतारचढाव भइरहेको सेयर बजार अन्ततः १२८७.७८ अंकमा पुगेर बन्द भएको हो । कारोबार भएकामध्ये, व्यापार समूह स्थिर रहेको छ भने अन्य समूह २.९१ अंकले बढेको छ । बाँकी सबै उपसूचक ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह २९.९३ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र लघुवित्त समूह क्रमशः ५.७३, ३६.७४, १८.६४, २८.५८, ०.६९, २१.१५ र ६.१७ अंकले घटेका छन् ।

बजार घटेपनि कारोबार भने आइतबारको तुलनामा बढेको छ । दिनभरिमा १६९ वटा कम्पनीको २६ लाख २७ हजार आठ सय ३२ कित्ता सेयर ११ हजार एक सय तीन पटक खरिदविक्री हुँदा ९४ करोड ९६ लाख २९ हजार तीन सय नौ रुपैयाँको कारोबार भएको छ । बैंक अफ काठमाण्डूको प्रोमोटर सेयरमात्रै १२ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

यसबाहेक, नविल बैंकको साढे तीन करोड तथा बुटवल पावर कम्पनी, स्टान्डर्ड चार्टर्ड बैंक, प्रभु इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको दुई करोडमाथिको सेयर कारोबार भएको छ । त्यस्तै, एभरेष्ट बैंकको एक करोड ९६ लाख, नेपाल बैंकको एक करोड ९३ लाख, चिलिमे हाइड्रोको एक करोड ९० लाख र नेपाल इन्स्योरेन्सको एक करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । 

सृजना फाइनान्स, सूर्योदय लघुवित्त र काबेली विकास बैंकका सेयरधनीले नौ प्रतिशत तथा नेपाल इन्स्योरेन्सका सेयरधनीे आठ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । त्यस्तै, नेशनल माइक्रोफाइनान्स र एनआईबिएल समृद्धि फण्डका सेयरधनीले छ प्रतिशत तथा स्वदेशी लघुवित्त र सहयोगी विकास बैंकको सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । एभरेष्ट इन्स्योरेन्स, आरम्भ माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा धेरै ९.७७ प्रतिशतका दरले गुमाएका छन् भने बुटवल पावर कम्पनीका सेयरधनीले छ प्रतिशतका दरले कमाएका छन् । एनएमबि माइक्रोफाइनान्स, कालिका माइक्रोक्रेडिट, सगरमाथा इन्स्योरेन्स र मिर्मिरे माइक्रोफाइनान्सका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीक दरले गुमाएका छन् भने स्वरोजगार लघुवित्त, महिला सहयात्रा माइक्रोफाइनान्स, नेरुडे लघुवित्त, गोर्खाज फाइनान्स लगायतका सेयरधनीले चार प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।