Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

समता माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

२०७४ चैत्र २३ गते

बैंकिङ खबर । समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै संस्थाले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

समताले एक सय रुपैयाँ अंकित मूल्यमा एक करोड ८९ लाख ६० हजार रुपैयाँ बराबरको एक लाख ८९ हजार छ सय कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि संस्थाले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।