Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

हिमालय उर्जा विकास कम्पनीको नौ लाख ९० हजार कित्ता आईपिओ आउने

२०७४ चैत्र २३ गते

बैंकिङ खबर । हिमालय उर्जा विकास कम्पनीले नौ लाख ९० हजार कित्ता साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । सेयर निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा नौ करोड ९० लाख रुपैयाँ बराबरको आईपिओ आयोजना प्रभावित स्थानीयवासीका लागि जारी गर्न लागेको हो । यसका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।