Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

नेप्सेमा थपियो पाँच कम्पनीको सेयर

२०७४ चैत्र २० गते

बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हकप्रद र बोनस सेयर गरी दुई करोड ३७ लाख ९९ हजार  कित्ता सेयर सूचिकृत भएका छन् । ज्योति विकास बैङ्क लिमिटेडको २३ लाख दुई हजार आठ सय ७२ दशमलव ४३ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, नेपाल बङ्गलादेश बैङ्कको ८६ लाख ८८ हजार पाँच सय सातकित्ता बोनस सेयर र एक हजार पाँच सय ५४ कित्ता हकप्रद सेयर पनि मंगलबार नेप्सेमा सूचिकृत गरिएको छ ।  

मङ्गलवार नेप्सेमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको आठ लाख ४१ हजार चार सय ७७ कित्ता बोनस सेयर पनि सूचिकृत भएको छ भने सिटिजन बैङ्क इन्टरनेशनल लिमिटेडको एक करोड ११ लाख १५ हजार चार सय ६७ कित्ता बोनस सेयरको पनि सूचिकरण भएको छ । यसबाहेक, सहयोगी विकास बैङ्क लिमिटेडको आठ लाख ४९ हजार चार सय ४७ कित्ता बोनस सेयरको नेप्सेमा कारोबारका लागि सूचिकरण गरिएको छ ।