Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

नयाँ बजेट झन्डै एक खर्ब घटेर आउने

२०७४ चैत्र १९ गते

बैंकिङ खबर । नयाँ बजेट झन्डै एक खर्ब घटेर आउने भएको छ । अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष (२०७५।७६)का लागि चालू आर्थिक वर्ष (२०७४।७५) को तुलनामा ७५ अर्ब रुपैयाँ घटाएर बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । चालू आर्थिक वर्षमा १२ खर्ब ७९ अर्बको बजेट सार्वजनिक गरिएकोमा आगामी आर्थिक वर्षका लागि बजेटको आकार १२ खर्ब ४ अर्बमा झार्न लागिएको हो । 

गत साता राष्ट्रिय योजना आयोगको स्रोत समिति बैठकले आन्तरिक र वाह्य स्रोतको विवरणसहित आगामी बजेटको अध्ययन गरेर बजेटको सीमा निर्धारण गरेको थियो । सोही आधारमा अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट सिलिङ तयार पारेको हो । 

यसपाली स्थानीय तथा प्रादेशिक सरकारहरुले छुट्टै बजेट ल्याउनेछन् । संविधानमा संघीय बजेट जेठ १५ गते सार्वजनिक  गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट ल्याउनुपर्ने छ ।