Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबारमा भने गिरावट

२०७४ चैत्र १५ गते

बैंकिङ खबर । साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । व्यापार र अन्यबाहेक सबै उपसूचक उकालो लाग्दा नेप्से परिसूचक १५.४८ अंकको वृद्धिसँगै १२२०.२९ अंकमा पुगेको छ । बीमा समूह सबैभन्दा धेरै ६६.३५ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, ज लविद्युत्, फाइनान्स, उत्पादनमूलक र लघुवित्त समूह क्रमशः १५.७२, ८.०६, २०.४५, ४१.६, ५.६७, १०.२३ र १९.९९ अंकले बढेका  छन् । व्यापार र अन्य भने क्रमशः ३.०४ र ०.०३ अंकले घटेका छन् । 

परिसूचक बढेपनि कारोबार रकममा भने बुधबारको तुलनामा गिरावट आएको छ । दिनभरिमा १६४ वटा कम्पनीको १४ लाख २७ हजार नौ सय ८१ कित्ता सेयर पाँच हजार चार सय सात पटक खरिदविक्री  हुँदा ३८ करोड ७१ लाख ७८ हजार चार सय एक रुपैयाँको कारोबार भएको छ । बुधबार ५१ करोडमाथिको सेयर कारोबार भएको थियो । 

कुल कारोबारमध्ये, सबैभन्दा धेरै मेगा बैंक (प्रोमोटर)को तीन करोड ६४ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ । नविल बैंक, कुमारी बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सानिमा बैंकको एक करोडमाथिको कारोबार भएको छ । त्यस्तै, स्टान्डर्ड चार्टर्ड बैंकको ९४ लाख, नेपाल बैंकको ८० लाख र चिलिमे हाइड्रोको ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

विहीबार राधी विद्युत् कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ९.६३ प्रतिशतका दरले कमाएका छन् । अपि पावर कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीले सात प्रतिशत तथा कालिका माइक्रोक्रेडिट र रिडी हाइड्रोका सेयरधनीले छ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । त्यस्तै, गुहेश्वरी फाइनान्स, स्वदेशी लघुवित्त, सूर्योदय लघुवित्त, कामना सेवा विकास बैंक, युनाइटेड मोदी हाइड्रो लगायतका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । 

२४ कम्पनीका सेयरधनीले गुमाएका छन् । सबैभन्दा धेरै काबेली विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै ५.५० प्रतिशतका दरले गुमाएका छन् । हाथवे फाइनान्स, बिशाल बजार कम्पनी, युनाइटेड फाइनान्स, वोमी माइक्रोफाइनान्स, सिद्धार्थ इक्विटी वरियन्टेड स्किम, सृजना फाइनान्स, सेञ्चुरी बैंक प्रोमोटर, लक्ष्मी इक्विटी फण्ड, नेपाल ग्रामीण विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।