बैंकिङ खबर । सहारा विकास बैंक लिमिटेडले २५० प्रतिशत अर्थात एक बराबर दुई दशमलव पाँचको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले सहारालाई १८ करोड २४ लाख ८७ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने अनुमति दिएको हो ।
बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा १८ लाख २४ हजार आठ सय ७० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
हाल सहारा विकास बैंकको चुक्तापुँजी सात करोड २९ लाख ९४ हजार नौ सय रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी २५ करोड ५४ लाख ८१ हजार आठ सय रुपैयाँ पुग्नेछ ।

