Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

२.९० अंकले घट्यो सेयर बजार, ५१ करोडको कारोबार

२०७४ चैत्र १४ गते

बैंकिङ खबर । बुधबार सेयर बजार २.९० अंकले घटेर १२०४.८१ अंकमा कायम भएको छ । बैंकिङ, विकास बैंक, उत्पादनमूलक र अन्य समूह क्रमशः २.९३, १.१६, १४.७२ र २.८७ अंकले बढेका छन् भने व्यापार,  होटल, जलविद्युत्, फाइनान्स, बीमा र लघुवित्त समूह क्रमशः ४.५६, १८.९५, २१.१५, ५.८२, ९१.४१ र २९.०९ अंकले घटेका छन् ।

दिनभरिमा १६२ वटा कम्पनीको १३ लाख ५२ हजार दुई सय ९० कित्ता सेयर सात हजार चार सय ५३ पटक खरिदविक्री हुँदा ५१ करोड ४१ लाख ५० हजार एक सय ३७ रुपैयाँको कारोबार भएको छ । युनिलिभर नेपाल, नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नविल बैंक र एभरेष्ट बैंकको दुई करोड तथा चिलिमे हाइड्रो, स्टान्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, राष्ट्रिय बीमा कम्पनी लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

राधी विद्युत् कम्पनीका सेयरधनीले १० प्रतिशत, कर्पोरेट डेभलमेन्ट बैंकका सेयरधनीले ९.६० प्रतिशत, सिनर्जी पावरका सेयरधनीले ६.४५ प्रतिशत तथा मिथिला लघुवित्त र प्रिमियर इन्स्योरेन्सका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । रिडी हाइड्रो, सिद्धार्थ इक्विटी फण्ड, ङादी ग्रुप पावर, स्वदेशी लघुवित्त, सिभिल लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, ग्लोबल आईएमई लघुवित्त, एलआईसी नेपाल, वरियन्टल होटल्स, सृजना फाइनान्स, नयाँ नेपाल लघुवित्त, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर र मिर्मिरे माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ८.४२, ७.३३, ६.९५, ६.१३, ५.७३, ५.५० र ५.३४ प्रतिशतका दरले गुमाएका छन् । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक,  अरुण भ्याली हाइड्रो, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।