Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शिभम सिमेन्ट्सको ५२ लाख ८० हजार कित्ता आईपिओ आउँदै

२०७४ चैत्र १४ गते

बैंकिङ खबर । शिभम सिमेन्ट्स लिमिटेडले स्थानीय र सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ५२ करोड २८ लाख रुपैयाँ बराबरको ५२ लाख ८० हजार कित्ता आईपिओ जारी गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

निष्काशन गर्न लागिएको कुल सेयरमध्ये आठ लाख ८० हजार कित्ता सेयर स्थानीयका लागि छुट्याइएको छ  भने बाँकी ४४ लाख कित्ता सेयर सर्वसाधारणमा जारी गरिनेछ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।