Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

सेयर बजारमा निरन्तर पहिरो : वाणिज्य बैंकका सेयर मूल्यमा उल्लेख्य गिरावट 

२०७४ चैत्र १४ गते

बैंकिङ खबर । सेयर बजारमा आएको निरन्तर गिरावटका कारण वाणिज्य बैंकको सेयर मुल्य क्रमशः घट्दै गइरहेको छ । यतिबेला बजारमा चुँक्ता पूँजी वृद्धिकका कारण बैंक तथा वित्तिय संस्थाका करोडौ कित्ता सेयर बजारमा आएका छन् । बजारमा आएको गिरावटका कारण बैंकहरुको सेयर मुल्य घटेको छ । त्यतिमात्रै होइन, पछिल्लो समय सेयर बजारमा बैंक तथा वित्तिय संस्थाका हकप्रद सेयर नबिकेर लाखौँ कित्ता लिलामीमा गएका छन् । 

सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको हिंसा ठुलै छ । सेयर बजार घट्दै जान थालेपछि नेप्सेमा सूचिकृत २७ वटा वाणिज्य बैंक सबैको सेयर मुल्य १ हजार रुपैयाँबाट तल झरेको छ । अहिले बजारमा वाणिज्य बैंकको सेयर मुल्य प्रतिकित्ता ९ सय २५ रुपैयाँको हाराहारीम छ । अघिल्लो सातासम्म एक हजारभन्दा बढीमा कारोबार भएको वाणिज्य बैंकको सेयर मुल्य घटेर १ हजार भन्दा तल झरेको हो ।  

अहिले बजारमा नबिल बैंकको प्रतिकित्ता ९ सय २५ कारोबार भएको छ । स्टाण्डर्ड चार्टर्ड बैंकको सेयर मुल्य प्रतिकित्ता ८ सय ३० रहेको छ । त्यसैगरीसिभिल बैंकको सबै भन्दा कम सेयर मुल्य छ । यस बैंकको सेयर १ सय ४० रुपैँयामा कारोबार भइरहेको छ । त्यसैगरी,जनता बैंक प्रतिकित्ता १ सय ४९ रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, सेन्चुरी बैंक प्रतिकित्ता १ सय ६३  रुपैँया, मेगा बैंकको ४ सय ४९ रुपैँयामा कारोबार भइरहेको छ । अहिले २० वटा वाणिज्य बैंकको सेयर मुल्य प्रतिकित्ता ४ सय भन्दा कम छ । अर्थमन्त्री खतिवडाले सेयर बजार उअत्पादक भएको र यस क्षेत्रमा लहडमा लगानी गर्न नहुने अभिव्यक्ति दिएपछि सेयर बजारमा पहिरो गएको हो । 

कतिपय लगानीकर्ताहरुले भने बजार ओरालो लागेको अवस्थालाई अवसरकारका रुपमा पनि लिएका छन् । सस्तो सेयर भएकाले किन्ने मौका पनि यहि हो भन्दै किन्न तयारीमा छन् ।