सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयर बाँडफाँड सम्पन्न गरेको छ । बैंकको अधिकारिक विक्री प्रबन्धक प्रभु क्यापिटलले बैंकसंगको समन्वयमा उक्त हकप्रद सेयर बाँडफाँड गरेको बैंकले जनाएको छ ।
बैंकको मिति २०७४/०८/२५ गतेसम्म कायम साविक सेयरधनीहरुका लागि कायम चुक्ता पूँजी रु. १,३५,८४,७४,७५०को आधारमा दश सेयर बराबर आठ सेयर (१०ः८) को अनुपातमा रु.१०० अंकित दरको १,०८,६७,७९८.५० कित्ता हकप्रद संस्थापक÷सर्बसाधारण सेयरहरु यहि मिति २०७४/०९/१७ गते देखि २०७४/१०/२९ गते सम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको तथा उक्त सेयरहरु रितपुर्बक आवेदन दिने जम्मा ११,७३२ जना सेयरधनीहरुलाई जम्मा ९९,६५,८०१ कित्ता मिति २०७४/११/३० गतेका दिन बाँडफाँड गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए ।
हकप्रद सेयर वितरण पश्चात् बाँकी रहन गएका हकप्रद साधारण सेयर लिलाम बिक्रीको लागि आवेदन माग गरिएको समेत बैंकले जनाएको छ ।

