बैंकिङ खबर । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नौ लाख एक हजार नौ सय ९७ कित्ता सेयर लिलामीमा निकाल्ने भएको छ । बैंकले हकप्रद निष्काशनको क्रममा विक्री नभएको तीन लाख ९२ हजार सात सय ७२ कित्ता संस्थापक तथा पाँच लाख नौ हजार दुई सय २५ कित्ता सर्वसाधारण समूहको सेयर लिलामीमा विक्री गर्न लागेको हो ।
लिलामीको सेयर खरिदका लागी चैत १३ गतेदेखि चैत २० गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बैकले न्यूनतम सय रुपैयाँका दरले बोलकबोलमा उक्त सेयर बिक्री गर्ने जनाएको छ ।
बैंकको शेयर विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । सो शेयरका लागि प्रभु क्यापिटल, सांग्रिला डेभलपमेन्ट बैंकका केन्द्रिय तथा पोखरा, बुटवल, नारायणगढ, नेपालगंज, सुर्खेत, अत्तरिया, घोराही शाखा कार्यालय र प्रभु बैंकका वीरगंज, विराटनगर र धनगढी शाखा कार्यालयबाट शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

