Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

मर्चेन्ट बैंक संचालनको अनुमति माग्नेको संख्या बढ्यो

२०७४ चैत्र ६ गते

बैंकिङ खबर । पछिल्लो पटक तीन वटा बैंकहरुले सहायक कम्पनीमार्फत मर्चेन्ट बैंक संचालनको अनुमति मागेका छन् । कुमारी बैंक, नेपाल बंगलादेश बैंक र जनता बैंकले मर्चेण्ट बैंक सञ्चालनका लागि अनुमति माग गरेको धितोपत्र बोर्डले जनाएको छ । 

धितोपत्र बोर्डका अनुसार यस अघि नै सहायक कम्पनी मार्फत मर्चेण्ट बैंक खोल्न अनुमति मागेको सेञ्चुरी बैंक लगायतका आधा दर्जन बढी मर्चेण्ट बैंकहरु अनुमतिको पर्खाइमा छन् । वेल्थ म्यानेजमेण्ट क्यापिटल र आस्क म्यानेजमेण्ट क्यापिटलले सञ्चालनका लागि पुर्वाधार तथा जनशक्ति तयारीका लागि बोर्डको सहमति पाईसकेका छन् । 

केही समय अघि धितोपत्र बोर्डले नयाँ मर्चेण्ट बैंक सञ्चालन अनुमति दिन स्थगित गरेको थियो । पछि आएर फेरी अनुमति दिन थालेपछि सहायक कम्पनी तथा मूख्य कम्पनीका रुपमा मर्चेण्ट बैंक सञ्चालन गर्न अनुमति माग्नेको संख्या बढेको हो ।