Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

हकप्रदले समेत पाउने गरी सेन्ट्रल फाइनान्सले प्रस्ताव गर्यो बोनस सेयर

२०७४ चैत्र ६ गते

बैंकिङ खबर । सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट छ करोड ६३ लाख ८४ हजार पाँच सय नौ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले हालसालै बिक्री गरेको ५० प्रतिशत हकप्रदले समेत पाउनेगरी उक्त अनुपातमा बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको हो ।

हकप्रदलाई समेत समायोजन गर्दा सेन्ट्रलका सेयरधनीले ८.५ प्रतिशत बोनस सेयर प्राप्त गर्नेछन । साथै कर प्रयोजनको लागि ३४ लाख ९३ हजार ९२२ रुपैयाँ नगद लाभांश समेत पाउनेछन् ।

फाइनान्सले गत पुस २३ गतेदेखि फागुन १३ गतेसम्म चुक्ता पूँजी ५२ करोड ६ लाख को ५० प्रतिशत हकप्रद बिक्री गरेको थियो । हकप्रद र बोनस पश्चात कम्पनीको चुक्ता पूँजी ८४ करोड ७३ लाख नाघ्नेछ । यो सँगै फाइनान्सले राष्ट्र बैकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्नेछ ।