गण्डकी विकास बैंक लिमिटेडको शनिबार (फागुन २६ गते) बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर पश्चात कायम रहने चुक्ता पुँजीमा १९.३१ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको दशौं वार्षिक साधारणसभाबाट पारीत भएपश्चात मात्र लागू हुनेछ ।
साथै, बैंकले हकप्रद साधारण सेयर लिलाम बिक्रीको शिलबन्दी बोलपत्र पनि आह्वान गरिसकेको र नियमानुसार शिलबन्दी बोलपत्रमार्फत कायम हुने सेयरधनीले पनि उल्लेखित बोनस सेयर प्राप्त गर्न सक्नेछन् । यसरी बोनस सेयर पश्चात बैंकको कूल चुक्ता पुँजी रु. २ अर्ब ७५ करोड हुन जाने छ । गण्डकी विकास बैंक चुक्तापूँजीको हिसाबले नेपालकै सबैभन्दा ठूलो विकास बैंकको रुपमा स्थापित हुनेछ ।
बैंकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५१ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस, एटिएम, ईसीसी÷आईपिएस, एसएमएस बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ । साथै बैंकले यसै आर्थिक बर्ष भित्रमा ७७ वटा शाखा पुर्याउने लक्ष्य राखेको छ ।

